हाँस्य विधाका शिखर पुरुष मदनकृष्ण श्रेष्ठ डुबे शोकमा , पत्नी यशोदाको निधन

काठमाण्डौं २० चैत । हाँस्य विधाका शिखर पुरुष मदनकृष्ण श्रेष्ठको धर्मपत्नी यसोदा सुवेदी श्रेष्ठको आज निधन भएको छ । लामो समयदेखि मेरुदण्ड क्यान्सर पीडित ६७ वर्षीया यशोदाको उपचारको क्रममा हिजो हरिसिद्धी अर्वुद अस्पतालमा निधन भएको हो ।

यशोदाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । पत्नी बियोगले थलिएका मदनकृष्णका आँखाबाट आँशु रोकिएका थिएनन । पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्दा उनी भक्कानिएपछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेतका आँखा रसाएका थिए ।

यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिएका थिए । यशोदाको अन्तिम संस्कारमा पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv