माइक्रोबसका चालक र सहचालकले अनिवार्यरुपमा ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने

काठमाडौं, मंसिर १ । काठमाडौं उपत्यकाभित्र चल्ने माइक्रोबसका चालक र सहचालकले शनिबारदेखि अनिवार्यरुपमा ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला रङको र सहचालकले हरियो रङको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।यस्तै, माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुटसहितको प्लेट पनि राख्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाभित्रमात्र यो व्यवस्था गरिएपनि आगामी दिनमा देशभर व्यवस्था गरिने ट्राफिक महाशाखाको तयारी छ ।फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा सहचालकलाई पहिलोपटक सम्झाइ–बुझाइ गर्ने तर त्यसपछि पनि नमाने जरिवाना गरिने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बताए ।

फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालककाबारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ । यो व्यवस्थाबाट ट्राफिक नियम र अनुशासनबारेसमेत सचेत बनाउने ट्राफिक प्रहरीको विश्वास छ । फ्लोरेसेन्ट ज्याकेटबाट चालक र सहचालकलाई सहज भएको र यात्रीहरुलाई पनि उनीहरुलाई चिन्न सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ ।

सवारीचालकहरु पनि यस्तो व्यवस्था राम्रो भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउँछन् । गत भदौ ६ गतेदेखि ट्याक्सीचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको ट्राफिक महाशाखाले शनिबारदेखि माइक्रोका चालक र सहचालकका लागि पनि अनिवार्य व्यवस्था गरेको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv