गायक दुर्गा बिरहीले ल्याए “के छ कोशेली” बजार मा

काठमाण्डौं, ५ मङ्सीर । गायक दुर्गा बिरहीको नयाँ गीत “के छ कोशेली” को भिडियोको सार्वजनिक भएको छ । बुधवार संवाद डबलिमा उक्त गीत को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा आशिष म्युजिकका प्रबन्ध निर्देशक रामजी प्रसाद पन्तको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान अध्यक्ष चन्द्र शर्मा रहेका थिए ।

भिमसेन खतिवडाको संचालन रहेको कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका संस्थापक अध्यक्ष गोबिन्द गिरि, सुजन लम्साल, पिएन सापकोटा, शोभा त्रिपाठि लगायत थुप्रै पत्रकार र कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पत्रकार तथा कलाकारहरुले शुभकामना समेत दिएका थिए । के छ कोशेली गीतमा दुर्गा बिरही, देबि घर्तीको स्वर रहेको छ भने चर्चित एबम लोकप्रिय सर्जक रमेश बिजिको शब्द अनि दुर्गा बिरही कै लय रहेको छ ।

उक्त गीतको भिडियोमा मौसम हिमालीको निर्देशन , करण चैसिरको छायांकन, मनोज कार्किको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, पार्वती राई, शोभा त्रिपाठी, धर्मेन्द्र बस्नेतको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv