चर्चित गायक अर्जुन सुनामकाे “अर्जुन सुनाम सुमधुर साँझ २०७५ ” सम्पन्न (भिडियाे सहित )

काठमाडौं,८ मङ्सीर । चर्चित गायक अर्जुन सुनामले “अर्जुन सुनाम सुमधुर साँझ २०७५” गरेका छन । शनिबार सत्यवती फिल्मसको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त सुमुधुर साँझको मुख्य अतिथी वन तथा वातावरण मन्त्री शक्त बहादुर बस्नेतले दिप प्रज्वलन गरेेर उद्घाटन गरेका थिए । भिडियाे हेर्न तलकाे  लिन्क  क्लिक गर्नुहोस् :-

“नमुछे आमा दहिमा टिका नछरे जमरा दैबले पर्दा उठायो आमा आउदिन फर्केर” बोलको गीतबाट आफ्नो प्रस्तुती सुरुवात गर्दै सबैलाई भावुक बनाएका अर्जुनले आफ्ना र अरु चर्चित गीत गाएर मन्त्रमुग्ध परेका थिए ।

क्यान्सर पीडितहरुको सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् । सो साझ सत्यवती फिल्मसको अध्यक्ष उदिराम खड्काको अध्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो साँझमा औपचारिक कार्यक्रमको संचालन यज्ञराज उपाध्यायले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम संचालन राजकुमार रायमाझीले गरेका थिए ।

वरिष्ठ गायक एबम निर्देशक नारायण रायमाझी, गायक चन्द्र शर्मा, कलाकारहरु, पत्रकारहरु लगायत धेरै दर्शकहरुको उपस्थिती रहेको थियो । सो साझमा अतिथी कलाकारको रुपमा बिबि अनुरागी, टीका पुन रहेका थिए भने गायक अर्जुन सुनामलाई सुनितामी परियार, प्रेम अर्याल , प्रनिल तामाङ, रेजिना परियार लगायत अन्य कलाकारहरुले साथ दिएका थिए ।

“अर्जुन सुनाम सुमधुर साझ २०७५” भब्य, सभ्य रुपले सम्पन्न सम्पन्न हुनुमा सहयोगीदाता, कलाकार, पत्रकार, दर्शकहरुको माया रहेको कुरा जानकारी गराउदै अध्यक्ष उदिराम खड्काले सबै प्रती आभारी समेत रहेको बताए । यस कार्यक्रममा पत्रकार, कलाकार, सहयोगीदाताहरु र अन्यलाई सम्मान पनि गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv