गगन सरगमले ल्याए ‘प्रेमको भिखारी’

काठमाडौं,१३ मंसीर । एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा’ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् ।

दोश्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’ मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको ‘प्रेमको भिखारी’ एल्बममा विभिन्न प्रकारका ५ वटा आधुनिक गीतहरु समावेश गरिएका छन् ।

एल्बममा निम संगीतको अलवा नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द रहेको छ भने एल्बममा सामबेश शिर्षगीत ‘प्रेमको भिखारी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

भिडियोमा गगन आफैले अभिनय गरेका छन् भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युबराज वाइबाको निर्देशन गरेका हुन् ।

भिडियोलाई गीतको भावना अनुरुप घायलप्रेमीप्रति समर्पित गरिएको छ । भिडियोमा आत्मा हत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमीकाले बचाएको कथालाई देखाउँन खोजिएको छ । प्रेम र पीडाको अनुभुतिमा कोरिएका गीतहरु समावेश ‘प्रेमको भिखारी’मा अत्यन्त मार्मिक अनुभूतीमा गायन गरिएको छ । पीडा नै पीडा त्यो पनि प्रेम पीडाको सशक्त गीतहरु यो एल्बममा समेटिएको छ ।

यसअघि २०६५ मा आएको गायक सरगमको ‘तिम्रो मन’ एल्बमको तिम्रो मनमा फुल्न मन लाग्छ बोलको गीत अत्यधिक मन पराइएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv