नबिन कला मन्दिरले ६२ औ वार्षिक उत्सब मनाउने

काठमाण्डौ,१९ मङ्सीर । नबिन कला मन्दिरको ६२ औ वार्षिक उत्सब मनाउने भएको छ । मंसिर २१ गते शुक्रवार कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा दिउसो १ बजे देखि नवीन कला सम्मान एबम सांस्कृतिक कार्यक्रम हुने भएको हो । सो कार्यक्रममा चर्चित गीतकार रत्न शमसेर थापा, चर्चित लोक गायिका ज्ञानु राणा, नाट्य अभिनेत्री शकुन्तला शर्मा लगायत केही कलाकार र पत्रकारलाई सम्मान गर्ने कुरा जानकारीमा आएको छ ।

हाल: यस नवीन कला मन्दिरको अध्यक्ष निर्मल रिमाल रहेका छन् । ६२ बर्ष देखि सांस्कृतिक क्षेत्रमा धरोहर सस्थाको रुपमा रहेको नवीन कला मन्दिर १२ नं. मा दर्ता रहेको छ । यस नवीन कला मन्दिरले बिगत देखि नै कलाकारहरुलाई सम्मान गर्दै आएको छ । बिगतको बर्षमा प्राज्ञ श्याम दास बैष्णभ, बरिष्ठ सङ्गीतकार तथा गीतकार हरि प्रसाद रिमाल, बरिष्ठ गायक भक्तराज आचार्य लगायत १५ जना बरिष्ठ कलाकारहरूलाई सम्मान गरेको छ ।

नवीन कला मन्दिरले बिगत देखि सांस्कृतिक कार्यक्रमहरु र सोध अनुसन्धान मुलक कृतिहरु प्रकाशित गर्ने पनि गरेको छ । यस नवीन कला मन्दिरले २ बर्ष अघि हिरक जयन्ती पनि मनाईसकेको छ । नबिन कला मन्दिरको ६२ औ वार्षिक उत्सब सफल पार्नका निम्ति उपस्थित भैदिनका लागि कलाकार र पत्रकारहरुलाई कार्यसमितिका सदस्य राजु अर्याल र भरत बिक्रम रकालले अनुरोध गरेका छन् । सो कार्यक्रममा चर्चित सङ्गीतकार एबम गायक नरहरी प्रेमी र बरिस्ठ नृत्य निर्देशक नरोत्तम शर्माको बिशेष प्रस्तुति रहने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv