बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ यस वर्षको इन्टिग्रेटी आइडल

काठमाडौं २२ मङ्सीर । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ यस वर्षको इन्टिग्रेटी आइडल बन्नुभएकोछ ।

निजामती कर्मचारीहरुलाई प्रदान गरिने यस सम्मानका लागि छनौट भएका पाँचजना मध्ये एसएमएस र अनलाइन मतका आधारमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ आइडलमा छनौट हुनुभएको हो ।

उहाँलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । २०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न ७ वटा जिल्लामा काम गरिसक्नुभएका कुरुम्वाङ नागरिकको घरदैलोमा सरकारी सेवा, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टचारबिरोधी, जनप्रिय प्रशासक भनी आयोजकले चित्रण गरेको छ ।
विश्वव्यापी रुपमा सरकारी सेवाका आइडल छान्दै आएको इन्ट्रिग्रेटी आइडलले नेपालमा सन् २०१४ बाट आइडल छान्न शुरु गरेको हो । भिडियाे हेर्न तलकाे लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv