निर्मला हत्याप्रकरण: निर्मलासँग गफ गर्ने क्रममा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार

काठमाडौं,२२ मङ्सीर । काठमाडौं, २२ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् ।

सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी स्रोतले बतायो ।

महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।

आजको नयाँ पत्रिकामा यो खबर, पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ ।

नर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।,



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv