रिमा गुरुङ्ग होडाको ‘आँखाका जोर’ मा साक्षीको बेजोड अभिनय (भिडियोसहित)

काठमाडौं, २५ मंसिर । ‘कस्को आँखा लाग्यो बरै मेरो मायामाथी’ गीतबाट चर्चा बटुलन सफल सुमधुर आवाजकी धनी गायिका रिमा गुरुङ्ग होडाको ‘आँखाका जोर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजेन्द्र थापाको शब्द सिर्जना तथा प्रकाश गुरुङ्गको संगीत सिर्जना रहेको छ भने सचिन सिंहले संगीत संयोजन गरेका छन् ।

सान्तना रेकर्डसले बजारमा ल्याएको उक्त गीतको निर्माण ४० बर्ष अघि नै एक भिडियो फिल्मको लागि गरिएको थियो । फिल्म प्रदर्शनमा आउन नसकेपछि उक्त गीत पनि सार्वजनिक हुन पाएको थिएन । गीतमा साक्षी लम्सालको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv