इन्धन बोक्ने ट्यांकर भित्र राखिएको १६० किलो अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

काठमाडौं, ३ बैशाख । चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागूऔषध गाँजा सहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ । यस सम्बन्धमा व्यूरोबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ । (श्रोत:- समाचार प्रहरी प्रधान कार्यालयको फेसबुकबाट सभार । )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv