‘निर्मला पन्त सँग आफुलाई कसरी जोडीयो थाहै भएन तर पनि बलात्कारीलाई सजाय हुनु पर्छ भन्ने मेरो मान्यता छ’- श्रृंखला खतिवडा

काठमाण्डौ २८ मङ्सीर । विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएकी नेपाल सुन्दरी श्रृंखला खतिवडाले आफु समाज सेवामा समर्पित हुने इच्छा ब्यक्त गरेकी छन् । चीनवाट फर्केपछि काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी भएकी उनले यस्तो इच्छा ब्यक्त गरेकी हुन् ।

उनले विश्व सुन्दरी प्रतियोगिताका क्रममा भएको सानो कुरालाई पनि ठूलो इश्यु बनाउँदा आफुलाई त्यहाँ निकै समस्या भएको बताइन् । कपडा सामान्य अल्झेको कुरालाई पनि ठूलो बनाएर भिडियोमा पोष्ट गर्दा आफुलाई जवाफ दिन निकै समस्या भएको बताइन् । उनले अपवाह फैलाउने त्यस्तो युट्यसव च्यानलहरु प्रति गुनासो ब्यक्त गरिन् ।

उनले आफ्नो फोटो राखेर पेज बनाउने र पोष्ट गर्ने कामले आफ्नो वास्तविक सामाजिक पेज ओझेलमा परेको उनको गुनासो छ । मिस ओर्ल्ड नेपालमा सहभागी गराएको अर्गनाइजर हिंडेन ट्रेजर ले शुक्रबार राजधानिमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । अनावश्यक शिर्षक राखेर आफ्नो बारेमा अफवाह फैलाउने प्रती गुनासो ब्यक्त गरेकी छिन ।

अबको यात्रा भनेको नेपाल मै रहेर चेपाङ जातीको उत्थानका निम्ती आफु अग्रसर रहने बताइन ।  निर्मला पन्त सँग आफुलाई कसरी जोडीयो थाहै भएन तर पनि बलात्कारीलाई सजाय हुनु पर्छ भन्ने मेरो मान्यता छ र सदैव साथ समर्थन रहनेछू भनिन । उनलाई भोट् दिने सबै नेपाली प्रती धन्यवाद दिएकी छिन ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv