हामीले चाडै नै क्राउन जित्नेछौ -मनिता देवकोटा मिस युनिभर्स २०१८

काठमान्डौं ५ पुष । मिस युनिभर्स २०१८ को टप १० मा पर्न सफल मनिता देवकोटा नेपाल आएकी छिन् । बिहीवार अन्नपूर्ण होटेलको कुमारी हलमा द हिंडेन ट्रेजर ले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा मनिताले भनिन “बिभिन्न परिस्थितीमा पनि नेपालको नाम बिश्व मा चिनाउन सफल भएकोमा खुशी लागेको छ । ” मिस वर्ल्ड २०१८ मा श्रृंखला खतिवडाले जतिको अरु बिधामा त्यती चर्चा र साथ नपाएको गुनासो पोखीन ।


उनले भनिन्– ‘हाम्रो देश सानो छ । हामीसँग कम श्रोत–साधन छन् । तर, पनि हामी उत्कृष्ट १० मा पुग्न सफल भएका छौ । यो देशले नै गर्व गर्नुपर्ने बिषय हो । राज्य र मिडियाको समर्थन पाएको खण्डमा हामीले चाडै नै क्राउन जित्नेछौ ।’
नेपाल पर्यटन बोर्डसँग विभिन्न चरणमा कुरा भए पनि देशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने मिस नेपाल जस्तो कार्यक्रमले सहयोग नपाएको गुनासो उनको थियो । कार्यक्रममा मिस वल्र्ड नेपाल श्रृङ्खला खतिवडा पनि उपस्थित थिइन् । कार्यक्रममा मनिताको सफलताको लागि भन्दै केक काटेर सेलिव्रेशन पनि गरिएको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv