गायक डोलराज परियारको स्वरमा “बुवा” को बिमोचन ( भिडियो सहित )

काठमाण्डौं ८ पुष । साङ्गीतिक बजारमा आमाको बारेमा गीतहरु नआएका होइनन् । आमा सम्बन्धी धेरै गीतहरु बजारमा आए तर बुवा सम्बन्धी गीत बजारमा खासै आएका थिएनन् । पुस ७ गतेका दिन चर्चित सर्जक रमेश बिजिको सभापतित्व र बरिस्ट गायक एबम निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा नयाँ गीत “बुवा” को बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा लोकप्रिय गायक राजु परियार, अभिनेता एबम संचारकर्मी सन्तोष खनाल, लोक संचारकर्मी नेपालका सस्थापक अध्यक्ष गोबिन्द गिरि, नायिका सबिना कार्की लगायत कलाकार र पत्रकारहरुको उपस्तिथि रहेको थियो । रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रिय बरिस्ट उपाध्यक्ष समेत रहेका चर्चित सर्जक रमेश बिजिको शब्द, सङ्गीतमा रहेको नयाँ गीत “बुवा” भर्खरै मात्र बजारमा आएको छ ।

गायक डोलराज परियारको स्वरमा रहेको गीतमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । यस गीतमा डोलराज परियार अनि उनकै बुवा मन बहादुर परियार, आमा कौशिला परियारको अभिनय रहेको छ । यस गीतमा वास्तविक पात्रले नै अभिनय गरेका हुन् । गायक डोलराज परियार लोक दोहोरी प्रतिष्ठान नेपाल लाजिम्पाट समितिका सह सचिब पनि हुन ।

उक्त गीतमा बुवाको कर्तब्य के अनि बुवा को दुख र छोरा प्रती कस्तो कर्म रहन्छ भन्ने कुरा देखाउन खोजिएको छ । कस्तो छ त गीत हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv