कमेडीले भरिपूर्ण ‘गरुड पुराण’ ट्रेलर सार्बजनिक

काठमान्डौं १० पुष । चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्बजनिक गरिएको छ सोमबार राजधानीमा प्रेस मिट गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा समाबेश दृस्य अनुसार यो चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ ।

विवाहमा बाजा बजाउनेहरुको कथा यो चलचित्रमा भएकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको यसका निर्देशक सुवास कोइरालाले कार्यक्रममा बताए । सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर लगायतका कलाकारलाई स्थान दिइएको छ ।

सुसन प्रजापतिले छायाँकन गरेको चलचित्रमा रेनाषा बान्तवा राईको नृत्य निर्देशन, कोशिश क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् । चलचित्र माघ ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv