चिन र भारत बिरुद्ध नेपाल यसरी प्रयोग हुँदैछ,विश्लेषक डा. युवराज सङ्ग्रौलाले गरे यस्तो खुलासा

काठमाण्डौं,१४ पौष । नेपाललाई पश्चिमा शक्तिले कसरी चीन र भारतविरुद्ध प्रयोग गर्न खोज्दैछ र यो भूमिलाई कसरी खेलमैदान बनाइँदै छ भन्ने तथ्यहरूको सङ्ग्रहले भरिएको पुस्तकले नेपाल तथा चीन–भारत र पश्चिमी शक्तिको राजनीतिबारे चासो राख्नेहरूको संससार हल्लाउने विश्वास गर्न सकिन्छ ।

५६८ पृष्ठको उक्त पुस्तकमा गैरसरकारी संस्थाहरूको नाममा हुने विभिन्न गतिविधि, अन्तर्राष्ट्रिय स्तरका बैंकहरूको भूमिका, विभिन्न अन्तर्राष्ट्रिय स्तरका बैंकहरूको भूमिका, विभिन्न अन्तर्राष्ट्रिय मिसन, अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूका क्रियाकलाप लगायतका दर्जनौँ विषयवस्तुलाई निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यो पुस्तकले पाठकलाई सन्तुष्टि दिने मात्र नभई मुलुकको हितप्रति सचेत रहन ज्ञान दिने अपेक्षा पनि गर्न सकिन्छ । शुक्रबार (पुस १३ गते) राजधानीमा आयोजित एक भब्य समारोहका बीच पुस्तकको ‘प्रकटिकरण’ भएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि रहनुभएको समारोहमा पुस्तकका बारेमा वरिष्ठ अधिवक्ताहरू लक्ष्मीबहादुर निराला, विश्वकान्त मैनाली तथा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, युवराज घिमिरेलगायतले आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।

समारोहमा पुस्तकका लेखक डा. युवराज सङ्ग्रौलाले अदृश्य खेलहरूलाई सतहमा ल्याउने कर्तव्य निर्वाह गरेको आशय ब्यक्त गर्नुभएको थियो ।

डा. अतीन्द्र दाहालले पुस्तकका बारेमा बताउनुभएको थियो । लेक्स एण्ड जुरिस पब्लिकेशन प्रालिद्वारा प्रकाशित पुस्तकको मूल्य रु. १२५०/– राखिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv