‘राजा बीरेन्द्र नमारिएको भए नेपालमा कुनै माइकलालले गणतन्त्र ल्याउन सक्ने थिएन’- मीन बहादुर पण्डित

काठमाण्डौं,१४ पौष । स्वर्गिय राजा बीरेन्द्रको पालामा पंचायत मार्फ़त देश विकास खासै हुन नसके पनी सोझा राजा भएका कारण बीरेन्द्र र दीपेन्द्र जनता माझ सारै लोक प्रिय थिए । त्यसैले तत्कालीन राजा बीरेन्द्रको हत्या हुदा काठमाँडौका अधिकांश युवाहरूले बीरेन्द्रको सम्मान स्वरूप कपाल मुण्डन गरेर हिडेका थीए, जनता द्वारा हत्याको तीव्र विरोध हुदाँ केहि दीन कर्फ़्यू समेत लागेको थियो । अहिले पनी बीरेन्द्रलाई सम्झेर रूने नेपालीहरू धेरै छन । कती पए भारतीय नेता र जनताहरू समेत बीरेन्द्रलाई हिन्दू राजा भनेर मान सम्मान र आदर गर्ने गर्दथे । देश बिदेसमा नेपाली राजतन्त्रको सान र इज्वत थीयो । भारतीय नेताहरु समेत राजालाई हेप्न्न सक्दैन थिए । यस्ता राजाको बास्तबिक हत्यारा अहिले सम्म पनि पत्ता लाग्न नसक्नु भनेको घोर दुर्भाग्य पूर्ण कुरा हो ।

बिकास निर्माण, सुशासन र भ्रस्टचारको कुरा गर्ने नै हो भने पंचायतको कुरा छोडौ, अहिले झन पंचायतको भन्दा पनी धेरै भ्रष्टचार छ । अहिले चाहीं राजनीति गरेर क़ुन नेता करोड पती भएनन ? अहिले सरकार संग वार्षिक ९ खर्ब जतीको बजेट छ, तर सरकारी उच्च पदस्थ अधिकारीको ठेकेदार संगको मिलेमतो र फ़ीतलो अनुगमनका कारण गुणस्तरहीन विकास निर्माण हुन्छन, अर्बौ ख़र्चेर बनाएको अधिकांश पिच एक बर्स पनी टीकदैनन । जब की पंचायतको पालामा अर्ब र खर्बको कुरा छोडौ करोडको मात्र बजेट हुँथ्यो । विकास हुन नसके पनी राजतंत्र हाम्रो एकताको प्रतीक थियो, हाम्रो गौरव र पृथि नारारायण साहको बंशको इतिहास थियो । नेपालको सीमा पुर्बमा टिस्टा र पक्षिममा काँगडा पूर्याएको इतिहास बिर्सींन सकिन्न । पुर्खाको योगदान कदापि बीर्सन सकिन्न । कालापानी र नालापानीको युद्द कुनै काल्पनिक कथा होईन वास्तविकता थियो । यदि भारतमा ब्रिटिश मात्र नआइ दिएको भए दार्जिलिंग सिक्कीम लगाएत आधा भारत नेपालको हुने थियो । ऊनीहरूले भूगोल जोडेर देस निर्माण गरे अब देस बनाउने ज़िम्मा र कर्तव्य अबको पुस्ताको हो ।

अर्कों कुरा बीरेन्द्रको सांती क्षेत्रको प्रस्ताव भारतले किन मानेन ? जब की चीन लगाएत ७५% बिश्वले मानी सकेको थियो । भारत कै कारण बीरेन्द्रको शान्ती क्षेत्रको प्रस्ताव तुईएको थियो । कीनकी उसलाई नेपाल क्रान्ति क्षेत्र बनाउनु थियो । त्यसैले नेपालमा क्रान्ति सुरु गराउने पनी भारत, सांती प्रक्रिया सुरु (१२बूँदें) गराउने पनी भारत । राज बीरेन्द्र फाल्न क्रान्ति सुरु गराइएको थियो । बीरेन्द्र नै मारिए पछी अब सांती प्रक्रिया सुरु गराउदा फरक पर्दैन भन्ने निचोडमा भारत सरकार र भारतीय रअ पुगेका हुन । बीरेन्द्र नमारिंजेल भारत नेपालमा शान्ती होस भनि टोपल्ने तर ठोस सहयोग भने पट्टकै नगर्ने नीतीमा थियो । भारतको हात नभएको भए मावोबादी नेता भारतमा बस्न क़सरी सके ? यदि भारतले चाहेको भए भारतीय रअले मावोबादी नेता बसेको ठाऊ सजिलै पत्ता लगाउने सामर्थ राख्छ र पत्ता लगाऊन पनी सक्थ्यो । क़ुन मावोबादी नेता भारतमा पक्राउ परे ? प्रचण्डलाई भेटन एमाले नेता धेरै चोटी भारत गएको र भेटेको कुरा जग जायर नै छ । तत्कालीन मावोबादी नेता भरत दाहालले भने अनुसार प्रचण्ड बाबुराम भारत सरकारको गेस्ट हाउस मैं बस्थे । त्यसैले मावोबादीले कुनै चमत्कार गर्न क्रान्ति गरेको थिएन, भारतको चाहना अनुसार क्रान्ति सुरु भएको थियो । नत्र सांती प्रक्रिया सुरु गरे पछी मावोबादी ५ चोटी सरकारमा पुंगी सक्यो खै त चमत्कार ? भारतको सहयोग बिना मावोबादीले सशस्त्र र नेपाली सेनालाई टक्कर दिन सम्भव थिएन । नेपालमा मात्र होईन श्रीलंकामा एलटीटीई सुरु गराउने पनी भारत नै थियो । (भारतीय गलत नीतिका कारण तत्कालिन भारतीय प्रधानमन्त्रि राजिब गान्धीलाइ श्रीलंका भ्रमणमा जादा श्रीलंकन आर्मीका एक जवानले बन्दुकको नालले हिर्काएको भिडियो युट्युबमा हेर्न सकिन्छ) श्रीलंकामा सेना, विद्रोही र सर्ब साधारण गरेर ६० हज़ारले ज्यान गुमाए, धेरै मांछे घाईते पनी भए ।

एलटीटीका नेता प्रभाकरण सैनिक कारबाहीमा मारिए पछी केहि बर्ष अगाडी श्रीलंकाको गृह युद्धको बीधिवत अन्त्य भएको थियो । नेपालमा १७ हज़ार निर्दोषले ज्यान गुमाए । नेपालमा राजा बीरेन्द्र मारिए पछी मावोबादी क्रान्तिको अन्त्य भएको हो । कीनकी क्रान्तिको मूल उद्देश्य नै बीरेन्द्रलाई हटाउनु थियो । नत्र सारा नेपाली जनताले मन पराएका लोक प्रिय राजा बीरेन्द्रका विरुद्ध क्रान्ति गर्नुको अर्थ के थियो ? जन भाबना अनुसार प्रजातन्त्र र सासन सत्ता जनताको हातमा दिएर तथस्ट बसेका राजालाई देस विकास नहुनुमा कीन दोस् ? त्यस्ता राजा फाल्न जन युद्ध गर्नुको अर्थ के हुन सक्ला ? बिरेन्द्रले राजा भएको ८ बर्ष मै २०३६ सालमा जन चाहना अनुसार जनमत संग्रह गराए कै हुन्, त्यो बेला पंचायत बिरुद्ध झिनो मतले बहुदलीय व्यवस्था पराजित भएको थियो । त्यस कारण प्रजातन्त्र नभई देसमा निरंकुश ब्यावस्था भएको भए पो मावोबादी जनयुद्धको अर्थ रहंथ्यो । त्यो जनयुद्ध राजा विरुद्ध होईन कांग्रेस र एमाले विरुद्ध हुनु पर्ने थियो । अर्कों कुरा बीरेन्द्र मारिए पछी कांग्रेस एमाले लगायत ७ दल संग मिलेर मावोबादीको प्रत्यक्ष सहभागिता र समर्थनमा तत्कालीन राजा ज्ञानेंद्र विरुद्ध ६२/६३ को आंदोलन भएको थियो । १९ दिन त लगातार कर्फ़्यू नै लागेको थियो । ब्यापक जन आन्दोलनको दबाबमा ज्ञानेन्द्र प्रजातन्त्र फर्काउन बाध्य भएका थिए ।

त्यस पछि भएको समिधान सभाको पहिलो बैठकले राजा हटाउने निर्णय गरेको थियो । राजा बीरेन्द्र नमारिएको भए नेपालमा कुनै माइकलालले गणत्रंत ल्याउन सक्ने थिएन, किनकी बीरेन्द्र र दीपेन्द्र जनता माझ लोक प्रिय थिए । एदी ज्ञानेंद्र र पारस पनी जनता माझ लोक प्रिय भएका भए देशी, विदेशीले चाहदैमा राजत्रन्त फ्याक्न गाह्रै पर्थ्यो । अर्कों कुरा गणत्रंतले चाही देस र जनतालाई दियो के ? गणत्रंतले ६० लाख बीदेसीएका नेपाली फ़र्काउन सक्यो ? राजनीतिक पार्टी र नेतालाई राजत्रन्त मन परेन भन्दैमा जनता राजत्रन्तको सत्रु बनि दिनु पर्ने आसय सहि होइन, किन भने राम्रो काम जसले गरे पनि राम्रो भन्नु पर्छ, र नराम्रो काम जसले गरे पनि नराम्रो नै भन्नु पर्दछ । राजनीतिक पार्टीले गरेका सबै काम राम्रा अनि राजाले गरेका सबै काम नराम्रा भन्ने पनि हुन्छ र ? त्यस कारण दलको राजनीति र राजाको राजानीति जस्तो भए पनी मलाई त बीरेन्द्र र दीपेन्द्र सारै मन पर्थ्यो, हजुरलाई नी ?
मीन बहादुर पण्डित



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv