के ‘सुर्यवंशी’मा पूजा बन्लिन अक्षयको होरोइन ?

काठमाण्डौ,२३ पौष । बलिवूड अभिनेता अक्षय कुमारले २०१९ मा सिने जगतमा तहल्का पिट्ने तयारीमा छन । किन कि अक्षय ले एक पछी अर्को राम्रा चलचित्रमा साइन गरी रहेका छन । अक्षय कुमार निर्देशक रोहित सेट्टीको नयाँ चलचित्र सुर्यबंशीमा देखा पर्दैछन । रोहित सेट्टिले आफ्नो चलचित्र सिम्बाको अन्तिम सीनमा उनले आफ्नो आगामी चलचित्र सुर्यबंशीको सानो द्रिश्य राखेका छन । अहिले बलिवूड नगरीमा उक्त चलचित्रको चर्चा चलिरहेको छ ।


उक्त चलचित्र सँग जुटेको एक अर्को खबर बाहिर आएको छ । सुत्रका अनुसार उक्त चलचित्रमा नायिकाको भूमिका 15 देखी २० मिनट सम्म रहने बताईएको छ ।
रिपोर्टका अनुसार अक्षय चाहन्छन उक्त चलचित्रमा रोहितले पूजा हेंगडे को नाम प्रस्तावित गरुन । पूजा उक्त रोलको लागि फिट रहेको कुरा उनले धेरै पटक रोहितलाई बताएको कुरा सार्वजनिक भएको छ । अक्षय र पूजाको जोडी हाउसफुल ४ मा देख्न पाइने छ । चलचित्र सुर्यबंशीमा पूजालाई नायिका बनाउँछन या अरु नै हुने छ यो भने हेर्न बाँकी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv