‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं,पौष २४ । चलचित्र ‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित चलचित्रको ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ ।

ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकलगायतले अभिनय गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv