चलचित्र ‘हृदय भरी’ को औपचारिक निर्माण घोषणा

काठमाडौं,पौष २४ । अभिनेता पल शाहको प्रमुख भूमिका रहने चलचित्र ‘हृदय भरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच नायक नायिका तथा चलचित्र सँग आबद्ध कलाकारहरुलाई सार्वजनिक गरियो ।

सुरज सुब्बा ‘नाल्बो’ को निर्देशनमा बन्ने चलचित्रमा पहिलो पटक श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले मोडलिङ क्षेत्रमा भारतमा राम्रो नाम कमाएकी छन् ।

नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्मको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv