सनातन हिन्दु राष्ट्र पुन:स्थापना गर्न राप्रपाले थाल्यो अभियान (भिडियो सहित )

काठमाण्डौं २५ पौष । सनातन हिन्दु राष्ट्र पुन:स्थापनार्थ राप्रपाले जनजागरण गर्ने भएको छ । मंगलबार ललितपुर जिल्ला कार्यसमितिले पत्रकार सम्मेलन गरी उक्त कुरा बताएको छ । पार्टी जिल्ला अध्यक्ष आनन्द अधिकारीको संयोजकत्वमा भएको उक्त पत्रकार सम्मेलनमा नेपाल सनातन धर्म संस्कृती संगठनका अध्यक्ष पुष्पराज पुरुष समेतको उपस्थीती रहेको थियो।

पौष २८ गते पार्टीले आयोजना गर्ने वैदिक सनातन हिन्दु राष्ट्र पुन स्थापनार्थ जनजागरण भेला बारे जानाकारी दिन उक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो।
ललित मण्डल जावलाखेल वीरेन्द्र सालिक अगाडि हुने उक्त जनजागरण भेलामा राप्रपा का अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता रहने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv