परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जांदै

काठमाडौं, २६ पौष । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जांदै हुनुहुन्छ । भारत सँगभएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न र ‘रायसिना संवादको चौथो संस्करण’मा भागलिनमन्त्री ज्ञवाली भारत जान लाग्नुभएको हो ।

यसअघि भारतसँग भएका सम्झौताका विषयमा भ्रमणका क्रमम छलफल हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार मन्त्री ज्ञवालीले सम्वादको चौथो संस्करणलाई सम्बोधनगर्ने कार्यक्रम रहेको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतकामन्त्री, सरकारका उच्च अधिकारीसँग भेटघाट समेत गर्ने कार्यक्रम छ । ज्ञवाली यही शुक्रबार स्वदेश फर्किनुहुनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv