राष्ट्रिय एकता दिवस डल्लासमा पनि भब्यरूपले मनाइयाे

डल्लास, टेक्सास २९ पौष । राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको २९७ औं जन्म जयन्ती डल्लासमा बस्ने नेपालीहरुले पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन ।

राष्ट्रिय एकता दिवसका संयोजक देबी प्रसाद पाण्डे , ट्रस्ट बोर्डका अध्यक्ष बिनय अर्याल , एन एस टी का सभापति सुमन थापा । मन्दीर ब्यवस्थापनका सभापति सुरेश चन्द्र पोखरेल, प्रवासी नेपाली मन्चका पुर्व केन्द्रिय सचिव राजेन्द्र कमल ओझा, टेक्सानु नेपाली समाजका अध्यक्ष राजेन्द्र बहादुर लगायत बुद्धीजिवीहरुको सहभागीता रहेको थियो ।


डा.पर्शुराम दाहालले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । टेक्सानु नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले भने “भाषा,धर्म र जातको हिसाबले वहाँको योगदानको सम्मान गर्नु पर्छ । कृतिपुरको घटनाले हाम्रो एकतामा आँच आउनु दिन हुन्न सबैमा राम्रो सन्देश जाओस” भन्नु भयो । एन आर एन टेक्सासका भुतपुर्व अध्यक्ष उत्तम लामिछने, जरोकिलका शंकर चुंडाल,नेपाली समाजका महासचिव भक्त भन्डारी लगायतका बक्ताहरुले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीकाे योगदानको चर्चा गर्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv