प्रिमियम कन्टेन्टसहित हिमालय टीभी अब एचडीमा


काठमाडौं, माघ १ । विगत सातवर्षदेखि समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिरहेको हिमालय टेलि भिजन ले प्रिमियम कन्टेन्ट र उच्च प्रविधिसहित आफ्नो एचडी प्रसारण सेवाशुरु गरेको छ ।
नेपालको नम्बर एक डिजिटल मिडिया अनलाइनखबर डटकम को प्रर्वद्धक समूहले टेलिभिजनको स्वामित्व खरीद गरेसँगै हिमालय टेलिभिजन ले एचडी प्रविधिमा प्रसारण शुरु गरेको हो । प्रिमियम इन्फोटेन्मेन्ट च्यानलको रुपमा सञ्चालनमा रहेको हिमालय टेलिभिजन को व्यवस्थापन नयाँ समूहले सम्हालेसँगै यसबाट प्रसारण हुने सामग्रीको प्राथमिकतामा पनि आमूल परिवर्तन भएको छ ।
हिमालय टेलिभिजन ले आम जनचासोका ताजा विषयवस्तुलाई सर्वाधिक प्राथमिकताका साथ प्रसारण गर्ने छ । हरेक दिन१४ वटा ‘हिमालयखबर’ र ६ वटा ‘फटाफट’सँगै दिनमा २० वटा खबर बुलेटिन हिमालय टेलिभिजन बाट प्रसारण हुनेछन् । ती मध्ये साँझ ७ बजे १ घण्टाको प्राइमटाइम न्यूजबुलेटिन ‘खास खबर’ प्रसारण हुने छ ।
यसबाहेक स्क्रीनलाई निरन्तर गतिशील राख्दै ताजा घटनाबारे तत्काल‘ब्रेकिङ ’तथा ‘फ्ल्यास न्यूज’ र निर्धारित समय तालिकाअनुसार ‘टप टेन’न्यूजका साथै निरन्तर टिकर खबरबाट नागरिकको सूचनाको हकको सेवागर्ने नीति हिमालय टेलिभिजन ले लिएको छ ।
डिजिटल मिडिया अभ्यासलाई प्राथमिकतादिँदै आएको हिमालय ट ेलिभिजन का सामग्रीहरू यसको खबर पोर्टल हिमालयटीभी डट कम , मोबाइलएपका साथै फेसबूक, ट्विटर, यूट््यूब र इन्स्टाग्राम जस्ता सोसियल मिडियामा पनि उत्तिकै चुस्त र सशक्तरूपमा विश्वव्यापी रूपमा उपलब्ध हुने छन् ।
मुलुकको शासकीय संरचनामा परिवर्तन भएसँगै बढ्दो नागरिक आकांक्षालाई सम्बोधन गर्ने र समृद्धिको संवाहकबन्ने गरी हिमालय टेलिभिजन ले विश्वसनीय, जिम्मेवार र आधिकारिक खबर सामग्री पस्कने छ । संघीय ब्यूरो कार्यालयहरू र देशैभर फैलिएको सूचना सञ्जालमार्फत् हिमालय टेलिभिजन नागरिक आवाज र सिंहदरबारलाई जोड्ने सेतुका रुपमा उभिनेछ ।
तीनमिनेटको एड क्याप
एचडी प्रविधिमा प्रसारण शुरुभएसँगै हिमालय टेलिभिजन ले आफ्नाखबरबुलेटिनहरूमा ३ मिनेटको विज्ञापन सीमातोकेको छ । दर्शकको चाहनालाई मध्यनजर गर्दै खबर बुलेटिनमा विज्ञापन विश्रामको सयम–सीमा तीन मिनेटमा सीमित गर्ने हिमालय हिमालय टेलिभिजन ले घोषणा गरेको छ ।
‘दर्शकलाई अविछिन्न टेलिभिजन स्क्रीनसँग जोडिराख्नु अहिलेको मुख्य चुनौति हो’ हिमालय टेलिभिजन का अध्यक्ष धर्मराज भुसालले भन्नुभयो–दर्शकको रुचिलाई प्राथमिकतादिने मामिलामा डिजिटल मिडियामा आर्जित अनुभवलाई हामीले टेलिभिजनमा पनि प्रयोग गर्न खोजेका छौं ।
हाल खबर बुलेटिनहरूमा हेडलाइन ब्रेक र अन्य ब्रेकहरु झण्डै ९–१० मिनेट अवधिका रहेकोमा हिमालय टेलिभिजन को नयाँव्यवस्थापनले त्यसलाई एक तिहाइमा सीमित गर्ने निर्णय गरेको छ । दर्शकको सहजताकालागि विज्ञापन विश्रामको काउन्ट डाउन पनि स्क्रीनमा डिस्प्ले गरिने छ ।
चारवटा रियालिटी सो
एचडी प्रविधिमा प्रिमियम कन्टेन्ट प्रसारण गर्ने हिमालय टेलिभिजन ले विश्वबजारमा नम्बर एक स्थान कायम गर्न सफल विभिन्न विधाका तीनवटा नयाँ रियालिटी शोहरूको घोषणा गरेको छ ।
१. द भ्वाइस अफ नेपाल
विश्वको नम्बर एकगायन रियालिटी शो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अब हिमालय टेलिभिजन मा प्रसारण हुने भएको छ । द नेदरल्याण्ड्स्स्थित टाल्पा मिडिया होल्डिङको स्वामित्व रहेको ‘द भ्वाइस’लाई एएनसी प्रोडक्शनले उत्पादन गर्ने छ । योसँगै ‘भ्वाइस अफ नेपाल’को डिजिटल अडिशन शुरु भएको छ ।
२. डान्सिङ् विथ स्टार नेपाल
विश्व नम्बर एक डान्स रियालिटी शो ‘डान्सिङ विथ स्टार’को नेपाल संस्करण पनि यसै वर्षबाट प्रसारण शुरु हुने भएको छ । बीबीसी स्टुडियोसँगको सहकार्यमा निर्माण हुने रियालिटी शोमा विभिन्न क्षेत्रका चर्चित सेलिब्रिटीहरूले व्यावसायिक नृत्य कोरियोग्राफरसँग जोडी बाँधेर नाच्नेछन् । डान्सिङ विथ स्टारको भारतीय संस्करण ‘झलक दिखलाजा’ की विजेता नेपाली चेली तेरिया मगर डान्सिङ विथ स्टार नेपालको ब्राण्ड एम्बासडर रहनेछिन् ।
३. नेपाल्स नेक्स्ट टप मोडल
विश्वको नम्बर एक फेशन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाल फ्रान्चाइजका रूपमा ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि हिमालय टेलिभिजन मा प्रसारण हुनेछ । यसको पहिलो सीजन केही महिनाभित्रै प्रसारण हुने छ ।
४. हिमालय रोडिज
हिमालय टेलिभिजन ले यसअघि नै एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज्’का दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो वर्ष ‘हिमालय रोडिज’को तेस्रो सीजन प्रसारणको तयारी भइरहेको छ । कार्यक्रममा ‘हिमालय रोडिज’सिजन २ का बिजेतालाई नगद १० लाख रुपैयाँ र यामाहा मोटरसाइकल पुरस्कारस्वरुप हस्तान्तरण गरिएको छ ।
‘हरेक वर्ष चारवटा रियालिटी सो हिमालय टेलिभिजन बाट प्रसारण गर्ने तालिका तय भइसकेको छ’ टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भन्नुभएको छ, ‘विश्वबजारमा करोडौं दर्शकले
रुचाएका सामग्री अविच्छिन्न रुपमा नेपालीदर्शकले हेर्न पाउनेगरी तालिका मिलाएका छौं ।’ यसले नेपाली कन्टेन्ट उत्पादकको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली सामग्रीको दर्शक पनि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
५. आठ बजे नै मज्जा
हिमालय टेलिभिजनले साँझ ८ बजेको प्राइम टाइमलाई मनोरञ्जन टाइमका रुपमा छुट्याएको छ ।यसैअनुसार, हिमालय टेलि भिजन ले ‘आज बजे नै मज्जा’को थिममा हरेक दिनउत्कृष्ट मनोरञ्जनात्मक कार्यक्रम पस्किने छ । लोकप्रिय लभ टक सो ‘जीवनसाथी’को पाँचौं संस्करण शुरु हुँदैछ भने लोकप्रिय हास्य कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’, ‘द इभिनिङ सो एट सिक्स’,‘क्याफे अनलिमिटेड’, ‘सिनेमा संसार’लगायतका कार्यक्रम नयाँ शैलीमा प्रस्तुत हुँदैछन् । लोकप्रिय कार्यक्रम सञ्चालक नरेश भट्टराई र पूर्व मिस नेपाल सुगारिका केसीको जोडी हरेक बिहान ७ बजे ‘द मर्निङ सो’ लिएर उपस्थित हुने छ ।
विभिन्न लक्षित समूहलाई केन्द्रमा राखेर कार्यक्रम उत्पादन गरिएको कार्यकारी निर्देशक कँडेलले जानकारी दिनुभयो । हरेक साँझ ७ बजे प्राइम न्यूजका रुपमा ‘खास खबर’ प्रसारण हुने छ भने ८ बजे विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ जसमा विश्वस्तरीय रियालिटी शोहरू पनि पर्छन् ।
हिमालय टीभीले आफूलाई एक वर्षभित्र सबै सूचकहरूमा नम्बर एक टेलिभिजनका रुपमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको अध्यक्ष धर्मराज भुसालले बताउनुभयो । प्रिमियम कन्टेन्ट, उच्चप्रविधि र दर्शक अभिरुचिको गहिरो विश्लेषणमार्फत् यो लक्ष्य हासिल हुने हिमालय टीभीले बिश्वास लिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv