चलचित्र ‘दाल भात तरकारी’ को “भिजिट भिसामा ” बोलको गीत सार्वजनिक ( भिडियो सहित )

काठमाडौं, ११ माघ । चलचित्र ‘दाल भात तरकारी’ को एउटा गीत सार्वजनिक भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम मार्फत “भिजिट भिसामा ” बोलको गीत सार्वजनिक भएको हो । आज सार्वजनिक भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द छ । उक्त कार्यक्रममा शुभकामना दिन नेपाली चलचित्र र गीत संगीत जगतका हस्तीहरुको बाक्लै उपस्थीती रहेको थियो ।
लोकशैलीमा बनाइएको उक्त गीतको भिडियोमा हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का,बर्षा राउत, आँचल शर्मा र राजाराम पाैडेललाई देख्न पाईन्छ । निकै ताम झामका साथ तयार पारीएको गीत दर्शकले मनपराउनेमा आशावादी छन ।

‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतीमा,शिवहरि पौडेल,नरेन्द्र कंसकार,रमिला आचार्य,यमन श्रेष्ठ निर्माता रहेका छन । सुदन के सी को निर्देशन, कबिराज गहतराजको कोरियोग्राफ, हरीबंश आचार्य को शब्द र शम्भुजित बांस्कोटा को संगीत रहेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारहरुको अभिनय देख्न पाइने छ । चलचित्र वैशाख १३ गतेबाट देशै भरका सिनेमा हलमा रिलिज हुँदैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv