ब्लड क्यान्सरले थला परेका गणेश बहादुर शाही आर्थिक अभावका कारण उपचारबाट बन्चित,सहयाेगका लागि गरे अपिल

काठमान्डौ १३ माघ । दैलेख भैरवी गाउँपालिका वडा नम्बर ५ निवासी गणेशबहादुर शाही आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि भौंतारिएका छन । २१ बर्षका शाही युवा अवस्था मै ब्लड क्यान्सर रोगले थला परे पछी जिउने आशा मरेको बताए ।

सुरुमा सामान्य रोग होला भन्ने सोँचेका उनले त्यति बेला उनी झाँगाबाट खसेझैं भए, जब उनले सुर्खेतमा आएर चेकजाँच गरे । डाक्टरले उनलाई क्यान्सर भएको पुष्टी गरे र काठमाडौंको सिभिल हस्पिटलमा रिफर गरियो । सुर्खेतमा उनले गत बर्ष २०७४ साल फागुन २२ गते चेकजाँच गरेका थिए ।
त्यसपछि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा फागुन २५ गते भर्ना भएका उनको १ सय ५९ दिन अस्पतालमै उपचार भयो । डाक्टरले २०७५ को भदौमा डिस्चार्ज गरे ।
झण्डै २० लाख खर्च गरेर रोग ठिक भयो भन्दै घर फर्केका उनको अकस्मात यही बर्षको पुसमा फेरि रोग बल्झिएको छ । अहिले उनी फेरि सिभिल अस्पतालको बेडमा थला परेका छन् । गत पुस १२ गते भर्ना भएका उनको अहिलेसम्म ३ लाख बढी रकम खर्च भइसकेको छ ।
डाक्टरहरुले अहिले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनिरहेका छन्, तर त्यसका लागि रकम अभाव भएको गणेशका दाई नेमबहादुरले बताए । उनका अनुसार बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख रकम आबश्यकता पर्छ ।

आवश्यक रकम कसरी जुटाएर भाईको उपचार गर्ने भन्ने चिन्ता छ,नेमबहादुरलाई । स्वास्थ्य र गृहमन्त्रालयमा भाईको उपचारका लागि फाइल समेत पेश गरेका उनले त्यहाँ कसैले पनि सुनुवाई नगरेको गुनासो गरे ।

आफ्नो सानो जागीरले भाईलाई २० लाख जति खर्च गर्न सकेपनि अब आफुसँग कुनै श्रोत नभएको नेमबहादुर बताउँछन् । “सरकारले नेताहरुका लागि करोडौं रकम खर्च गर्छ तर गरिब, दुःखीहरुको लागि केही पनि नगर्ने रहेछ” नेमबहादुरले भने । रकम अभावमा गणेशलाई ब्लड दिनपनि मुस्किल परेको छ ।

गणेशलाई अघिल्लो पटक ८० पोका रगत दिनु परेको थियो । अहिले ८ पोका रगत दिइसकेको र अब थप ब्लडको पनि आबश्यकता पर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर, भएको सबै धन सम्पती सकिएकोले थप उपचार गर्न नसकिएको नेमबहादुर बताए । उनले सहयोगको लागि सबैसँग आग्रह समेत गरेका छन् ।

आर्थिक सहयोगकाे लागि विरामीकाे दाजु नेमबहादुर शाहीकाे मोबाइल नम्बर ९८५८०५१०४४ मा सम्पर्क गर्न सकिने छ । 
सिधै सहयाेग गर्न चाहेमा क्यान्सर पीडित गणेशबहादुर शाहीको नाममा राष्ट्रिय बाणिज्य बैंक मैतीदेवी शाखा काठमाडौमा रहेको खाता नम्बर १५५००१७२९३१० मा सहयोग गर्न सकिने छ ।
साथै थप साथ सहयाेग आवश्यक परेमा शारदा भुसाल (झा) सम्पर्क नम्वर ९७४१४६३३१९ मा समेत सम्पर्क गर्न सक्नु हुनेछ । 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv