सन्चारकर्मी प्रकाश बराईली “अभिव्यक्ति”ले ल्याए “दियो बल्दैन”

काठमाण्डौं २४,माघ । दलित अधिकारका निमित्त नयाँ पृथक गीत “दियो बल्दैन” गीतको माघ २३ गते बिमोचन कार्यक्रम सहित भिडियो सार्वजनिक भएको छ । गायक राजन भुजेल बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको केन्द्रिय अध्यक्ष एबम अधिवक्ता त्रिलोक चन्द बिश्वास बिक रहेका थिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा सन्चारकर्मी एबम दलित महिला अभियन्ता सरु सुनार, राजनितिज्ञ एबम साहित्यकार रणेन्द्र बराईली रहेका थिए भने अतिथिहरु जय शम्भो, भरत बमजन , गणेश परियार, भिम कुसारी, सुसन रामदाम, कृष्ण गदाल लगायत अन्य रहेका थिए । सो कार्यक्रमको संचालन राजकुमार रायमाझीले गरेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सोहि जनचेतनामुलक गीत “दियो बल्दैन” मा प्रकाश बराईली “अभिव्यक्ति” को शब्द रचना रहेको छ भने रमेश बिक्रम रत्नको परिकल्पना र सङ्गीत रहेको छ । यस गीतमा राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराईली, राजेश बर्देवा, सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ ।

चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी गोप्ते काजी, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भो, राजन भुजेल बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ ।

यस गीतलाई पछिल्लो समयको ब्यस्त म्युजिक कम्पनी धिताल फिल्मस प्रालिले बजार ब्यवस्थापन गरेको छ । कस्तो छ त गीत हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv