२६ डिएसपी एसपीमा र १४ एसपीलाई एसएसपी पदमा बढुवा

काठमाण्डौं, माघ २७ । नेपाल प्रहरीले रिक्त एसएसपी पदमा बढुवा गरेको छ। प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो।

यसरी बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीम ढकाल रहेका छन्।

त्यसैगरी प्रहरीको एसपी पदमा पनि डिएसपीबाट एसपी पदको बढुवा निकालेको छ। २६ डिएसपी एसपी पदमा बढुवा भएका छन्। शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा निम्न प्रहरी अधिकारीले एसपी पदमा बढुवा पाएका छन्।

यसरी बढुवा पाउनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट,विमल कडेल, कमल थापा,जनार्दन जिसी,कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv