भारतको उत्तर प्रदेश राज्यस्थित आग्रा सहरको कोठीवाट पांच जना नेपाली चेलीको उद्दार

काठमाडौँ,२९ माघ । भारतको उत्तर प्रदेश राज्यस्थित आग्रा सहरको कोठीवाट पांच जना नेपाली चेलीको उद्दार गरिएको छ । उनीहरुले त्यहाँ १७ महिना नारकिय जिवन बिताएका थिए । उद्यार गरेर ल्याइएकाहरुको डिएनए परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको छ ।
आग्राको कोठीमा बेचिएका ती चेलीलाई समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको पहलमा उद्दार गरी नेपाल प्रीफर्काइएको हो । उनहिरुको प्रहरीको विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गरिएको थियो ।

नक्कली बाबुआमा बनेर समेत उद्दार गरिएका चेलीहरुलाई पुनः बेच्ने गरेको पाइएको उद्यारमा संलग्नहरुले बताएका छन् । समाजसेवी पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशनपछि उद्दार गरिएको थियो ।

कोठीबाट नेपाल ल्याइएका ५ चेलीमध्ये ३ जनालाई एआईजी पुष्कर कार्कीसहितको समन्वयमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गरिएको थियो ।

ती चेलीहरु र उनीहरुका परिवारका सदस्यको डिएनए रिपोर्ट सात दिनमै तयार गरिएको हो । अदालतले दिएको म्यादभन्दा ७ दिन पूर्व नै रिपोर्ट आएपछि उनीहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

बेचिएका चेलीहरुको पहिचानका लागि पहिलो पटक डिएनए परीक्षण गरिएको हो । डिएनए परीक्षण गरी पहिलो पटक चेलीहरुलाई अभिभावकको जिम्मा लगाइएको अभियन्ता सीता अधिकारीले बताएकी छन् ।

उनीहरुलाई कोठीमा १७ महिनाको नारकीय जीवनपछि परिवारजनलाई हस्तान्तरण गरिएको हो । कोठीबाट उद्दार गरेपछि भारत सरकारले सञ्चालन गरेको आश्रममा १२ महिनासम्म राखिएका उनीहरु आफ्नो परिवारसँग घर फर्किएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv