राष्ट्रिय फोटो पत्रकार समुहको १० औं अधिवेशन सम्पन्न


काठमाडौं ४ फागुन । फोटो पत्रकार समुह (एनएफपीजे) को १० औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाण्डौंको नेम क्याफेमा सम्पन्न साधारण सभामा गोरखापत्रका फोटो पत्रकार राजेन्द्र चित्रकारको नेत्रुत्वमा कार्यसमिती चयन गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले फोटो पत्रकार तथा पत्रकारहरुको हकहित र कानूनी अधिकारको साथै देशभर रहेका सम्पूर्ण फोटो पत्रकारहरुलाई एकजुट भई अगाडी बढ्न सुझाव दिँदै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा समूहका पूर्व अध्यक्षहरु मिनरत्न वज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहाकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष लेख बहादुर श्रेष्ठले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको हितविपरित गतिविधि गरेकाले संस्थाका पूर्वअध्यक्ष ध्रुव आले तथा सदस्यद्वय हरि रेग्मी र सागर श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय साधारणसभाबाट पारित गरिएको थियो ।

साधारण सभाबाट अध्यक्ष मा राजेन्द्र चित्रकार , उपाध्यक्ष कृष्ण खड्का, महासचिव प्रदिप राज वन्त, कोषाध्यक्ष लेख बहादुर श्रेष्ठ, सदस्यहरु नवराज वाग्ले,शुसिल कुमार श्रेष्ठ,तेज कुमार बस्नेत,मुकुन्द कालिकोटे,गगन अर्याल र आर्यन धिमाल रहेका छन ।


उक्त सभामा अब सातै प्रदेशमा संरचना बनाउने तयारी गरिएको सचिव नवराज श्रेष्ठले विधान संशोधनको प्रस्ताव पारित भएपछि जानकारी गराए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv