ठकुरी सहयोग संजाल पनि जुट्यो बागमती सरसफाई अभियानमा,७ मेट्रिक टन फोहर व्यवस्थापन (फोटो फिचर )

काठमाण्डौं ८ बैशाख । बागमती सरसफाई अभियानको २५८ औं दिन आज पनि सम्पन्न भएको छ ।
प्रत्येक शनिबारका दिन बागमती वरपर नेपाल आर्मी ,नेपाल सशस्त्र प्रहरी बल लगायत बिभिन्न संघ सस्थाहरु सरसफाइ गर्ने गरेका छन । सोही सरसफाईलाई निरन्तरता दिंदै ठकुरी सहयोग संजालले पनी एक्यबद्धता जनाएको छ ।

संजाल सँग आबद्ध दर्जनौं ठकुरीहरु बानेश्वर क्याम्पस देखी तिनकुने पुल सम्म बागमती नदी वरपर को सरसफाईमा जुटेका हुन् । बिभिन्न लब्धप्रतिष्ठित ब्यक्तित्व संघ संस्था र बलिवुड कि चर्चित नायिका मनिषा कोइराला पनि सरफाईमा जुटेकी थिईन ।

बिहान ७ बजे देखी ९ सम्म गरिएको सरसफाई अभियानमा ७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो सरसफाई अभियानमा जुटेका ठकुरी सहयोग संजालका अध्यक्ष रेशम ठकुरी ले भने ‘हाम्रो सभ्यता हाम्रो पहिचान हो यस अभियानमा ठकुरीहरु सदैव कृयाशिल हुने छौं’ र सहभागी हुन पाउँदा ज्यादै खुशी लागेको पनि बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv