भियतनाममा ‘याे घाम जुन चाहिँदैन भन्दै’ प्रदीपले जसितालाई प्रेमजाल रचेपछि

काठमाडौं, ५ फागुन । चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैनको भिडियो दर्शकले गज्जब सँग रुचाएका छन् । गीत सार्वजनिक भएको २ दिनमा भिडियोलाई ५ लाख बढी दर्शकले हेरेका छन् । सफल चलचित्र लिली बिलीका चर्चित जोडी अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको चलचित्र लभ स्टेशनको नयाँ गीत घाम जुन चाहिँदैन‘को बोलको गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ‘भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् ।

दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । छायाँकनको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेियाको बालीमा यो गीतको छायाँकन गरिएको हो ।

चलचित्रलाई सफल निर्माता गोविन्द शाहीले निर्माण गरेका हुन् । निर्माता शाही अहिलेसम्म दर्शक श्रोताले दिएको मायाबाट सन्तुष्ट रहेको र भोलीका दिनमा पनि यसैगरी माया पाइराख्नेमा विश्वस्त भएको बताउँछन् ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv