जम्मु–कश्मिरको पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार विहानै एक आक्रमण भारतीय सेनाका चार जवानको मृत्यु

बीबीसी। भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार विहानै एक आक्रमणमा भारतीय सेनाका चार जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

यो आक्रमण अहिले पनि जारी रहेको बीबीसीले जनाएको छ। प्रहरी प्रवक्ताले इन्काउन्टर जारी रहेको र विस्तृत विवरण आउन बाँकी हरेको जनाए । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन्।

उक्त इलामा चरपन्थी लुकेर बसेको सूचनाका आधारमा सेनाले अपरेशन सुरु गरेको थियो। सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले सेनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

सेनाको नेतृत्वको संयुक्त टोली गत हप्ता बिहीबार सीआरपीएफको अखडामा आक्रमणपछि चरमपन्थी विरुद्ध खोजी अभियानमा जुटेको छ। केही संदिग्ध इलामा सेनाका जवानले वार्निङ फाएरिङ गरेपछि चरमपन्थीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उक्त आक्रमणमा चार जवानको मृत्यु भएको छ, मृत्यु हुनेमा एक मेजर पनि रहेका छन्।

मृत्यु हुनेमा सैनिक मेजर डीएस डोंडिअल, हबल्दार सावे राम, सिपाही अजय कुमार र हरि सिंह रहेका छन्। घाइते सिपाहीको नाम गुलजार मोहम्मद हो। उनलाई सेनाको अस्पतालमा भर्ना गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv