नेकपा सचिवालयको बैठक बस्दै के के छन आजका एजेन्डा

काठमाडौं, फागुन ९ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा बस्ने बैठकमा पार्टीको एकता कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको ९ सदस्यीय कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले एकताको खाका प्रस्तुत गर्नुहुने भएको छ । कार्यदलले एकतामा सहमति जुटाउन नसकेपछि अध्यक्षद्वय नै लाग्नु भएको छ ।

आजको बैठकबाट नेकपा भित्र रहेका तल्ला कमिटीको एकताका बिषयमा टुंगो लाग्ने महासचिव बिष्णु पौडेलले जानकारी दिनुभएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र एकता भएको ९ महिना बितिसक्दापनि एकताको टुंगो लागेको छैन । केन्द्रीय सदस्यहरु जिम्मेवार विहीन भएका छन् भने जिल्लाका नेता कार्यकर्ता अलमलमा परेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv