यसकारण डा.भट्टराईले जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाए

काठमाडौँ, ९ फागुन । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएका छन् । उनी यतिबेला विकासको अवधारण बुझ्दै–बुझाउँदै मध्यपहाडी राजमार्ग हुँदै चिवाभञ्ज्याङ पाँचथरदेखि बैतडीको झुलाघाटसम्मको यात्रामा निस्किएका छन् । खसको उद्गम थलो प्रवेश गर्नुपर्ने भएकाले उनले देश अनुसारको भेष भन्दै दौरासुरुवाल लगाएका छन् । दौरासुरुवाल लगाएर सामाजिक सञ्जालमा उनले फोटो सार्वजनिक गरेपछि उनको फोटो अहिले भाइरल भइरहेको छ ।

रुकुम पश्चिमको चौरजहारीबाट भेरी नदी पार गरेपछि उनले दौरासुरुवाल लगाएका हुन्। खस जातिको उद्गमस्थल कर्णाली प्रवेश गरेकाले दौरासुरुवाल लगाएको यात्रामासँगै सहकी नेतृ हिसिला यमीले पनि सामाजिक सञ्जालमा फोटो राखेकी छन् ।

उनले ट्वीटरमा फोटो शेयर गर्दै लेखेका छन- देश अनुसारको भेष जीवनमा पहिलो पटक दौरा –सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो। एक पहिचान भएको भन्दै भट्टराईले कर्णाली क्षेत्रभर दौरासुरुवालमै यात्रा गर्ने बताएका छन् । जाजरकोटमा भएको अन्तरक्रियामा बोल्दै भट्टराईले नेपालमा इन्द्रेणि राष्ट्रियता रहेको बताए ।

ठाउँ, समुदाय, क्षेत्र अनुसार आ–आफ्नै भेषभुषा रहेको भन्दै उनले खस क्षेत्रमा पुगेपछि खसबासीको पहिरन लगाएको बताए । भट्टराईले यात्राका क्रममा कास्की र पर्वतमा गुरुङ समुदायको पहिरन लगाएका थिए। काभ्रेका कार्यक्रममा तामाङको पोशाकमा देखिएका थिए। पाँचथरको कार्यक्रममा उनले ढोलक बजाएका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv