अपडेट: नख्खुमा भएको विस्फोटमा ३ जना घाइते, कमल पोखरीमा पनि शंकास्पद बस्तु

काठमाडौं, १० फागुन । ललितपुरको भैंसेपाटीस्थित एनसेल मुख्यालय बाहिर बम बिस्फोट भएपछि देशभरका प्रहरी इकाईलाई अलर्ट रहन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ ।

शुक्रवार सांझ ललितपुरको भैसेपाटी स्थित एनसेल मुख्यालय बाहिर बम विस्फोट हुंदा तीन जना घाइते भएका छन् । काठमाडौंको कमलपोखरी नजिक पनि शंकास्पद बस्तु देखिएपछि प्रहरीले सतर्कता अपनाएको छ । कमलपोखरीमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ भने भैसेपाटीमा भएको घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । भएको छ।

विस्फोटमा परी घाइते भएकाहरुको अल्का अस्पतालमा उपचार सुरु गरिएको छ। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको ललितपुर प्रहरीका डिएसपी अपिलराज बोहराले बताएका छन् । घटनास्थलमा महानगरीय अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली पुगेको छ । यता, कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv