नेपाल प्रहरीका एसएसपीहरुको सरुवा, को कहाँ पुगे हेर्नुहोस्


काठमाडौं, फागुन १२ । गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापना र ९ जनाको सरुवा गरेको छ । गृह मन्त्रालयले ९ जना प्रहरी बरिष्ठ उपरिक्षकहरुको सरुवा गरेको छ । नेपाल राजदूतावास (कन्सुलर) नयाँ दिल्लीमा प्रकाश अधिकारीको सरुवा भएको छ ।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी ईकाई कार्यालय सेतीमा,लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाई कार्यालय गण्डकीमा पूजा सिंह पठाईएको छ । त्यस्तै उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानिपोखरी, रामदत्त जोशी लाई केद्रिय अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।

बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई गृह-मन्त्रालयले आइतबार बिभिन्न कार्यलयमा पदस्थापन गरेको हो । मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक ९ एसएसपी सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv