प्रथम नायिका भूवन थापा चन्दको चलचित्र ‘साईनो ‘को पहिलो गीत सार्वजनिक

काठमाण्डौं,फागुन १४ । नेपाली चलचित्र कि पहिलो नायिका भुवन थापा चन्दको निर्माण र प्रस्तुति रहेको चलचित्र ‘साईनो’ को पहिलो गीत सार्वजनिक भएको छ ।

सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । ‘मायालु लाई जात्रै मै भेटियो ‘बोलको गीतमा मिरुना मगर र राजकुमारको नृत्यलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन । बरिष्ठ निर्देशक चेतन कार्कीको शब्द,बसन्त सापकोटाको संगीत रहेको छन भने मेलिना राई र प्रताप दासले स्वर दिएका छन ।

पत्रकारहरुको एक जिज्ञासामा “नेपाली चलचित्र मै आफ्नो योगदान दिने हेतु मैले पनि चलचित्र निर्माणमा हात हालेको हुँं । म जस्ता सयौं नायिका अरु जन्मुन मेरो चाहना छ । बरिष्ठ नायिका तथा प्रस्तुतकर्ता भुवन चन्दले बताउनु भयो ।

पारिवारिक प्रेम कथामा तयार भएको चलचित्र ‘साईनो ,मा कलाकारहरु भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ,नीता ढुंगाना, मिरुना मगर, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल र नव नायकमा राज कुमार रहेका छन् । चलचित्रमा कार्यकारी निर्माता शरण थापा रहेका छन् भने चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् । अभिमन्यु ‘ निरवि ‘को लेखन रहेको चलचित्रको छायांकन रामेश्वोर कार्की को रहेको छ,नृत्य रामजी लामिछानेले गराएका छन् भने सम्पादन बनिश शाह रहेको छ ।

चलचित्र आगामी २०७६ जेष्ठ १० गते देखि प्रदर्शनमा आउने छ



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv