दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं, फागुन १८ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv