रहेनन् पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारी (भिडियो सहित )

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरत मोहन अधिकारीको निधन भएको छ ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिवार राति निधन भएको नेकपा नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी गराएका छन्। उनका अनुसार नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान ९ देखि १२ बजेसम्म राखिने भएको छ ।

करेन्ट निमोनियाका बिरामी ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीका अधिकारीका तीन छोरी छन्।

१९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv