आयंका फाउण्डेशनद्धारा धनुषामा पहिलो सामाजिक कार्य

काठमाण्डौ,२१ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीद्वारा स्थापना गरिएको आयंका फाउण्डेशनले तीन विद्यालयमा पन्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।

फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग पनि वितरण गरेको छ।

साथै के जि एच फाउन्डेसनको सहयोगमा ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याडको कीट पनि वितरण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीको उपस्थितिमा धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरिएको हो ।

नायिका कार्कीले महिनावारीको विषयमा सबैलाई सोच बदल्न आग्रह गर्दै महिनावारीको कुरालाई लिएर अहिलेसम्म खुलेर बोल्ने संस्कारको बिकास नभएको र यस्तो अवस्थामा सरसफाईमा ध्यान दिनु पर्ने कुरा बताइन ।

न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरुको यो आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक कार्य हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv