ग्यास उद्योगीको आन्दोलन स्थगित, निगमसँग ३ बुँदे सहमति

काठमाडौं, फागुन २२ । ग्यास बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका उद्योगीसँग नेपाल आयल निगमले ३ बुँदे सहमति गरेको छ।

उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने र व्यवसायीले गरेका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।

सोमबार ग्यास व्यवसायीको साझा संस्था नेपाल एलपी ग्यास संघ र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलबीच यस्तो सहमति भएको हो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv