चलचित्र ‘अघोरी’को शुभ मुहर्त

काठमाण्डौं,फागुन ३०। बिलभ्ड इन्टर्टेनमेन्ट प्रा. लि. को ब्यानरमा राधादेवी कटुवालको “अघोरी” चलचित्र निर्माण हुने भएको छ । बिहीवार काठमाण्डौंको भद्रकाली मन्दीरमा सो चलचित्रको शुभ मुहर्त गरियो । थ्रिल एक्सन र लभ स्टोरी कथा बस्तुमा आधारित रहेको बताईन्छ ।

कार्यक्रममा संचारकर्मी तथा संगीतकार सरोज कोइरालाले क्ल्याप हाने पछी कलाकारहरुले डायलग बोलेर चलचित्रको शुभमुहर्त गरिएको थियो । चलचित्रलाई नेपालको पुर्वी जिल्लाहरु, काठमाण्डौ र बिदेशको दुबई लगायतका शहरहरुमा छायांकन गरिने निर्देशक भोमन कटुवालले जनाए ।

चलचित्रमा कार्यकारी निर्माता-दिक्षा पाठक,निर्देशक-भोमन कटुवाल,कलाकार-प्रज्वल गिरी,शारदा राज्यलक्ष्मी शाह,मुनम मल्ल ठकुरी,उमेश खड्का,बिन्दा तामाङ,सुरबिर पन्डित,अनमोल कार्की,तारा शाही ठकुरी रहेका छन् ।

त्यस्तै छायांकन पवन गौतम,द्वन्द राजु किरात,संगीतकारहरु दिपक शर्मा,ॐ सुनार , सरोज कोइराला, सुमन राई को रहेको छ । त्यस्तै शब्द डा कृष्ण हरी बराल,मिस्टर आर जे , ॐ सुनार रुबेन पुन मगरको रहेको छ । चलचित्र मा मेलिना राइ, ॐ सुनार, सरोज कोइराला, सुमन राई , योजना पुरी, मिस्टर आर जे ले गायका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv