डल्लासको टेक्ससमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुने

काठमाडौं, १४ वैशाख । डल्लासको टेक्ससमा बस्ने नेपालीहरुले रक्तदान गर्ने भएका छन ।

नेपाली नयाँ वर्षको अवसर पारेर नेपाली समाज टेक्सस र कार्टर ब्लड केयर को सहयोग तथा डल्लास वरिपरीको विभिन्न संध, सस्थाहरुको सहभागितामा रक्तदानको कार्यक्रम राखिएको हो ।

अंग्रेजी महिना अप्रिल २९ मा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक शिव काफ्लेले बताए । ब्लड डोनर्स अफ अमेरिकाले सयौं पटक यस्ता कार्यक्रम गरे पनि बृहत रक्तदानको आयोजना भने तेस्रो पटक हुन लागेको संयोजकले बताए ।

मानविय कार्यमा उपस्थित भई रगत दान गर्न संगठनले आग्रह गरेको छ । संयोजक काफ्ले सूचना जारी गर्दै भनेका छन् बिडीय टेक्शसको कार्यहरुमा यहाहरुले पुराउनु भयको सहयोग, सद्भाव र समर्थन प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौ । अप्रिल २९ मा नेपाली मन्दिर अर्विङ्ग टेक्ससमा हुने सो कार्यक्रममा विहान साढे १० वजे उपस्थित हुन संगठनले आह्वान गरेको छ । रक्तदान कार्यक्रम दिउसो चार वजे सम्म हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv