मृत्यु भएका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचन्डको घोषणा

काठमाडौं, चैत २० । पूर्व प्रधानमन्त्री  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएकाे छ ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुग्नुभएकाे अध्यक्ष प्रचण्डले मृतक परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएकाे हाे।

अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मंगलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ ।

स्थानीय तहका सरकार प्रमुखहरूका अनुसार सुरुमा घाइतेको उपचार र मृतकको अन्तिम संस्कार पहिलो प्राथमिकता थियो भने अब खाना, नाना र छाना आवासको आवश्यकता छ । स्थानीय तहका प्रमुखहरुले प्रदेश र केन्द्र सरकारलाई पीडित परिवारका लागि आवास बनाइदिने व्यवस्थाका लागि आग्रह गरेका छन् ।

विनाशकारी हावाहुरीबाट फुसका घर, टाली, जस्तापाताले छाएका घर पूरै नष्ट भएका छन् भने पक्की घरसमेत क्षतिग्रस्त भएका छन् । घरमा राखिएको अन्नपात प्रायः सबै नष्ट भएको छ, खेतबारीमा लगाएको गहुँ, मसुरो र रहरजस्ता बालीसमेत पूरै नष्ट भएका छन् । (तस्बिर दिपेश पुनको फेसबूकबाट )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv