सरस्वतीको बरदान पाएकी पार्वतीको बिद्यालमा पुग्दा जे देखियो ( भिडियो सहित )

काठमाडौं, चैत २३ । सुन्दर हिमालको काखमा रहेको कुशे गाउँपालिका वडा नं ९ पैंकमा अवस्थित जनता माद्यामिक बिद्यालयमा परिक्षा दिने विद्यार्थीहरुको भिड्भाड देखिन्थ्यो । केन्द्राध्यक्ष पनि उत्तरपुस्तिका र प्रश्नपत्र मिलाउँदै ब्यस्त देखिनु हुन्थ्यो । सो बिद्यालयमा परिक्षा अवधिभर भएको गतीबिधी बारे नियात्रा टिभी अनलाइनले तयार पारेको रिपोर्ट हेर्नुहोस् –

पहाडी भेग भएकाले बिहानै चिसो मौसम लाई छिचोल्दै विद्यार्थीहरु बिद्यालय कोठामा प्रवेश गर्दै थिए । अभिभावकहरु आफ्ना सन्तानको परिक्षा हेर्न डाँडा भरी भरिएका देखिन्थ्यो । प्रहरी, निरिक्षक, कार्यालय सहायक , सबै परिक्षालाई मर्यादित बनाउन तत्पर देखिन्थे ।

महिला केन्द्राध्यक्ष भएको ठाउँमा राजनीतिक र जनप्रतिनीधीको पनि दवाव नआएको होइन तर केन्द्राध्यक्ष पार्वती थापाले नसुने झैं गरी आफ्नो कर्तब्यमा अडिग रहँदै परिक्षा अवधिभर यसरी ब्यस्त रहिन ।        

यस बर्षको एसईई परिक्षा सकिएको छ । यसपटक नियमित र एक्जाम्टेड समूहबाट गरेर कुुल चार लाख ८७ हजार परीक्षार्थी सहभागी भएका छन । यसैगरी जाजरकोट जिल्ला कुशे गाउँपालिका पैंकमा रहेको जनता माध्यामिक बिद्यालयमा २४९ विद्यार्थीले परिक्षा दिएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv