‘लभ स्टेशन’ टिमले धुर्मुस सुन्तली फाइण्डेशनलाई पचास हजार सहयोग

काठमाण्डौं,चैत २१ । चलचित्र ‘लभ स्टेशन’ टिमले धुर्मुस सुन्तली फाइण्डेशनलाई पचास हजार सहयोग दिने घोषणा गरेको छ ।

बिहीवार राजधानिमा पत्रकार सम्मेलन गरी चलचित्रका निर्माता गोबिन्द शाही र नायक प्रदिप खड्काले चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि उक्त रकम सहयोग गरेको बताए । यस् अघी बारा र पर्सा मा भएको बिनाशकारी आँधीहुरी पीडितलाई पनि जिल्ला प्रशासन कार्यालय मार्फत पचास हजार सहयोग गरिएको जनाए ।

काफिया फिल्मको ब्यानरमा तयार भएको चलचित्र ‘लभ स्टेशन’ भोली देखी देशभरका सीनेमा घरमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा प्रदिप खड्का , जसिता गुरुङ ,रमेश बुढाथोकी, शिरु बिष्ट, रबी डङ्गोल,प्रिया रिजाल, प्रकाश शाह,कालु राणा, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल, ज्वलन्त गौतम को प्रमुख भूमिका रहको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv