स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन,स्वस्तिकाको शरीरमा निलडाम (तस्बिर सहित )

नेपालगन्ज, बैशाख ४ । स्वस्तिका लिम्वुको हत्यारालाई कारबाहीको माग गर्दै माइती पक्षले आज जिल्ला प्रशाशन कार्यालय घेराउ गरेका छन् । स्वस्तिकाको मृत्यु सामान्य नभई उनको हत्या हो भन्ने माइतीको आरोप रहेको छ।

मृतक स्वस्तिका श्रीमानलाई प्रहरीले पक्राउ गरि अनुशन्धान प्रक्रिया अघि बढाइ सकेको भए पनि राजनितिक दबाबले मुद्दा कमजोर बनाउन सक्ने भन्दै माइती समुहले दबाब दिन आज बिरोध प्रदर्शन गरेको हो ।


केही महिना मात्र अघि प्रेमविवाह गरेकी स्वस्तिका नेपालगञ्जको भृकुटिनगरमा आइतवार घरमा मृत फेला परेकी थिइन् । मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमानले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप लगाएका छन् ।

लिम्बुको शरीरमा कुटपिटको नीलडाम समेत देखिएको छ। माइती पक्षले आज जिल्ला प्रशाशन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv