नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

काठमान्डौं, बैशाख १० । नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरुलाई एक कार्यक्रम विच प्रमाण पत्र वितरण गरिएको छ । मंगलबार सी डब्लु पार्टी प्यालेसमा मनोनयनमा पर्न सफल प्रतियोगिलाई प्रमाणपत्र बितरण गरिएको हो ।

मुख्य प्रायोजक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको अवार्डमा प्रतिस्पर्धाका लागी १४ विधाहरु रहेका छन । प्रत्येका विधाबाट उत्कृष्ट पाँच जनालाई मनोनयन गरिएको हो । देश भरीका फोटो पत्रकारहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि आव्हान गरिएको थियो । आवेदन दिएका देश भरिका फोटो पत्रकारहरु मध्यबाट उत्कृष्ट फोटो र उनीहरुले फोटो पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानको अधारमा मनोनयमा छनौट गरीएको हो । ओयोजक संस्था एनफएपिजेका महासचिव तथा कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिनु भयो । 


मनोनयनमा पर्न सफल फोटो पत्रकारहरुलाई नेपाल लाई इन्स्योरेन्सका कार्यकारी मार्केटि प्रमुख पवनकुमार खड्का , सस्थापक पूर्व अध्यक्ष चन्द्रशेखर कार्की , पूर्व अध्यक्षद्धय कविन्द्रमान शाक्य,राजभाइ सुवाल र समूहका अध्यक्ष राजेन्द्र चित्रकारले प्रमाण पत्र वितरण गर्नु भएको । अवार्डको फाइन घोषणा बैशाष १३ गते दिनको दुई बजे होटल अन्नपूर्ण दरवारमार्गमा एक कार्यक्रमको विच घोषण गरीने छ आयोजनका भनाई छ ।

बैशाख १३ गने नेपालका फोटो पत्रकारहरुले फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ । सोही दिन पारेर राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५ को फाइन घोषण गरीन लागेको महासचिव वन्तले जानकारी दिनु भयो । अवार्ड घोषणा कै दिन जिवन भरी फोटो पत्रकारीता गरी निरवृत जिवन विताइ रहेका एक जना फोटो पत्रकारलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरीने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv