दयाहाङ राईको ‘ परानै दिन्छु ‘ म्युजिक भिडियो भाईरल

काठमाडौं,जेठ २ । ‘ मंगली ‘ ‘ मेरी आमा ‘ जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ‘ परानै दिन्छु ‘ दर्शक सोर्ता माझ लोकप्रीय बन्दै गैरहेको छ। मौलिक र प्रयोगात्मक गीत लेख्ने रुचाउने गीतकार शाहको ‘ परानै दिन्छु ‘ म्युजिक भिडियोलाई छोटो समयमामा नै १० लाख दर्शकले युट्युवमा हेरेका छन भने २५०० बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छ्न।

पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको संगीत रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।

बजारमा डान्सिङ गुर्प र ग्लामरस फेसका कलाकार राखेर भिडियो निर्माणको ट्रेन्ड छ । अर्गानिक टेस्टको ‘ परानै दिन्छु ‘ बोलको गीत र भिडियोले सोर्ता दर्शकको मन जितेको छ। थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ। यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो। चर्चित लोकदोहोरी गायक पशुपति शर्माले अर्का तहल्का मच्चाउने गीत सार्वजनिक गरको छन् । उनको लुट्न सके लुट कान्छा भन्ने गीत निकै चर्चीत भएको थियो । तर विवादित भएका कारण पशुपतिले सो गीत भने युट्युव च्यानलवाट भने हटाइएको छ । उनको यो गीत पनि निकै चर्चीत हुने विश्वास गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv