२५६३ औँ बुद्ध जयन्ती ॐ पार्क सिन्धुपाल्चोकमा भव्यताका साथ सम्पन्न

सिन्धुपाल्चोक,जेठ ५ । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाईयो । यसै अवसरमा खोलेखर्कको ॐ पार्कमा २५६३औं बुद्ध जयन्ती मनाइएको छ । ॐ पार्कमा सयौंको संख्यामा स्थानियबासीहरु जम्मा भई बौद्ध परम्परा अनुसार बुद्धको तस्बिरमा पूजा अर्चना गरी मनाए ।

सोही स्थानमा रहेको धनलक्ष्मीमाताको दर्शन तथा माताको नयाँ मुर्तीमा प्राण प्रतिष्ठा पनि गरिएको छ । ‘यो देव भुमिमा माताको मुर्तीलाई प्राण प्रतिष्ठा गर्न पाउँदा आफैलाई भाग्यशाली ठानेको छु ‘ मुर्ती स्थापना गर्दै महिला समाज सेवी लीला नेपाल ले बताईन ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली निकालिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv